काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा सबै सचिवालय सदस्य उपस्थित छन् ।

बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउने मुख्य एजेन्डा रहेको छ ।

यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो ।