काठमाडौं - सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बिहान बसेको बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो।

बैरागी नेपाल सरकारको मुख्य सचिव थिए। तर, ३ महिनापछि अवकाश पाउन लागेका उनलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शपथसमेत लिइसकेका छन्। सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो।