माता उतार्ने नाममा धामीद्वारा महिला बलात्कृत
खबर एक्सप्रेस
२०७७-०७-११ ०९:०३ मा प्रकाशित
Total Shares: 476
काठमाडौं - त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन्।
पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।
उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन्।
फेसबुक पेज Like गर्नुहोस