काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुनः संसद अवरोध गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति चित्त नबुझेपछि एमालेले फेरि सदन अवरोध गरेको छ।

गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको बिषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए। उनले संसद सरकारको कारणले अवरोध भएको दाबी गर्दै गृहमन्त्रीले एमालेप्रति आरोप लगाउँन खोजेका बताए।

एमालेको अवरोधपछि सभामुखले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिए।