माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०४-१४ ०८:५३ मा प्रकाशित
Total Shares: 234
काठमाडौं - सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।
यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो।
साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।
आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस