काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ९ सय ७३ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०७-२७ ०४:५२ मा प्रकाशित
Total Shares: 357
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् । काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय १३ रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस