काठमाडौं - घाँस काट्न जंगलमा गएका दुई दिदी–भाइ बम विष्फोटमा परेर शनिबार घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक वनमा घाँस काट्न गएका दिदी–भाइ बेवारिसे बम विस्फोट हुँदा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं ६ का २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश परियार घाइते भएका हुन्।

दिदी–भाइ शनिबार बिहान १० बजेतिर घाँस काट्न वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवा सामुदायिक वनमा गएका थिए।  बम विष्फोट भएको क्षेत्र नेपाली सेनाले तालिमे जवानहरुलाई फायर गर्न सिकाउने ठाउँ हो। सँगै सडक विभागले विष्फोटक पदार्थहरु नष्ट गर्नका लागि यो ठाउँ प्रयोग गर्छ।