ओखलढुंगा - ओखलढुंगाको लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

आज बिहान विरामी लिन पोकलीतर्फ जादै गरेको एम्बुलेन्स कात्तिकेभिरमा दुर्घटना हुँदा लिखु गाउँपालिका ४ का २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । पोकलीका विरामीलाई काठमाडौं लैजान एम्बुलेन्स त्यसतर्फ गइरहेको थियो ।