अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै
खबर एक्सप्रेस
२०७७-१२-०२ १०:४६ मा प्रकाशित
Total Shares: 394
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने बताइएको छ ।
ओलीले नेपाललाई बालुवाटार आउन आग्रह गरेपनि नेपाल त्यहाँ जान तयार नभएपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको बताइएको छ ।
पछिल्लो पटक गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेट गरेका थिए । ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस