कोरोनाबाट थप १७ जनाको ज्यान गयो, मृतकको संख्या १ हजार २ सय ४७ पुग्यो
खबर एक्सप्रेस
२०७७-०८-०२ ०४:११ मा प्रकाशित
Total Shares: 473
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट १ हजार २ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ। आज देशभर थप ५०२ कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार मुलुकभर हाल ३०हजार ९ सय ८६ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।
आज २८७८ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १७९२४२ जना पुगेको मन्त्रालयको दाबी छ। हाल १००३ जना क्वारेन्टिनमा रहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस