चोभारमा कार दुर्घटना
खबर एक्सप्रेस
२०७९-१०-०२ ०५:४६ मा प्रकाशित
Total Shares: 288
काठमाडौं-काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।
चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस