प्रधानमन्त्री प्रचण्ड सोमबार धनगढी जाने
खबर एक्सप्रेस
२०८०-०६-२७ ०७:३१ मा प्रकाशित
Total Shares: 61
काठमाडौं,धनगढी-समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका हुन्।
प्रचण्ड आइतबार नेपालगन्जको कार्यक्रममा सहभागी भएर सोहि दिन धनगढी जाने कार्यक्रम रहेको छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो।
एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुँदा र अर्को एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस