रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ४ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०९-१३ ०९:१५ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।
भारतीय नम्बर प्लेटको स्कोर्पियोमा ८ जना सवार रहेकोमा ३ जना घाइते भएका छन्। घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको हो।
फेसबुक पेज Like गर्नुहोस