प्रधानमन्त्रीज्यू, समय छ भेलामा आइदिनुस्’
खबर एक्सप्रेस
२०७७-१२-०४ ०१:४० मा प्रकाशित
Total Shares: 305
काठमाडौं - नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सानेपामा जारी आफूहरुले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थित हुन आग्रह गरेकी छन् ।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो भेला कुनै गुटको नभएर पार्टीसमेत भएको बताइन् ।
‘प्रधानमन्त्रीको धम्कीसँग नडराउनूहोला । २८ गते गुटको भेला गरेर अध्यक्ष महासचिवमात्रै राखेर हामी सबै पदाधिकारी हटाउने काम गुटको भेलाबाट भयो, यो कसरी सम्भव छ ? प्रधानमन्त्री ज्यू, त्यो भेलाको निर्णय फिर्ता लिएर अहिले पनि समय छ यो भेलामा आइदिनुस्।’ शाक्यले भनिन् ।
फेसबुक पेज Like गर्नुहोस