शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल
खबर एक्सप्रेस
२०७९-०९-०६ ०४:१६ मा प्रकाशित
Total Shares: 234
काठमाडौं-डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो ।
एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस