काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ ।