दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
खबर एक्सप्रेस
२०८२-०२-१७ १२:५९ मा प्रकाशित
Total Shares: 40
काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।
शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् ।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
फेसबुक पेज Like गर्नुहोस