प्रधानमन्त्री ओलीद्वारा ५ अस्पताल पुगेर खोप कार्यक्रमको निरीक्षण र अनुगमन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड– १९) विरूद्दको खोप अभियानको निरीक्षण गरेका छन् । बुधबारबाट नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएपछि प्रधामन्त्री ओलीले काठमाडौँ उपत्यकाको बिभिन्न अस्पताल पुगेर खोप अभियानको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्र ओली बालुवाटारमा आयोजित एक समारोहबीच भर्चुअल कार्यक्रममा सहभागी भएर खोप अभियानको निरीक्षणमा निस्केका हुन् । प्रधानमन्त्री ओलीले बुधबार टिचिङ अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाली सेना, प्रसुति गृह र पाटन अस्पत्तालमा संचालित खोप अभियानको निरीक्षणसँगै अनुगमनसमेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।
नेपालमा बुधबारबाट पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानमा दिएको सिरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा बुधबारबाट फ्रन्टलाइनर्स स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।
फेसबुक पेज Like गर्नुहोस