कोइलाखानीमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा
खबर एक्सप्रेस
२०८०-०९-१५ १०:५७ मा प्रकाशित
Total Shares: 69
दाङ - दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ।
सुरूङमा मृत बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका शिवराज केसीको हत्या भएको खुलेको हो।
हत्यामा संलग्न रहेको आशंकामा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए।
उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस