काठमाडौं - रुकुम पश्चिम घटनामा मारिएकका जाजरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुरस्कृत गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्न लागेको हो । उक्त पुरस्कार राशि १ लाख रुपैयाँको रहेको छ ।

मन्त्रालयले यस वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्न लागेको हो ।

सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।