इंग्लिस प्रिमियर लिग : चेल्सीको सानदार जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे ।
सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । नवौं मिनेटमा डेभिडले गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएका थिए ।
तर, २३ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३४ औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता ३-१ को बनाए । ८० औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ४-१ को सहज जित दिलाए ।
जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ । सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस