लेवान्डोस्की चम्किँदा बायर्न फिफा क्लब विश्वकपको फाइनलमा
खबर एक्सप्रेस
२०७७-१०-२७ १०:०८ मा प्रकाशित
Total Shares: 352
काठमाडौं,एजेन्सी - जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० ले पराजित गर्दै बायर्नले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ८५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को सहज जित दिलाए ।
अब युरोपियन च्याम्पियन बायर्नले उपाधिका लागि मेक्सिकोको टिग्रेससँग ११ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस