नेपालमा थप २ हजार ५४८ जनामा कोरोना पुष्टि, ५५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-२४ ०४:२३ मा प्रकाशित
Total Shares: 237
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१३७ र एन्टिजेन विधिबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ र एन्टिजेनबाट ६८ हजार ४७८ जना पुगेको छ ।
यस्तै, आज थप २०२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ जना पुगेको छ । निको हुनेको दर ९३.६ प्रतिशत छ ।
आज संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस