काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग (बिबिएल) खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्।

मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्।

अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम होबर्ट हुरिकेन्सको टिममा सामेल हुनेछन्। जसका कारण सन्दीपले बिबिएल जनावरी सुरुदेखि मात्र खेल्नेछन्।