पदाधिकारीसहित ३१ जनामा संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द
खबर एक्सप्रेस
२०७७-०२-२७ १०:२२ मा प्रकाशित
Total Shares: 498
अर्घाखाँची - सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ ।
नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ ।
यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।
पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस