काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिने, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परिक्षकको सन्ताउनौँ वार्षिक प्रतिवेदन, २०७७’ पेश गर्ने लगायत सम्भावित कार्यसूचि छन् । 

पुनर्स्थापित पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो ।