मकवानपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-०१ ११:३० मा प्रकाशित
Total Shares: 305
काठमाडौं - मकवानपुरमा थप एक ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बकैया ७ का उनलाई २४ गते कोरोना पुष्टि भएको थियो।
३० गते साँझ पौने ६ बजे मृत्यु भएको हो। ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका थिए।
यो सँगै मकवानपुरमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।
जिल्लामा उपचाररत संक्रमितको संख्या ४ सय ३४ पुगेको छ। ३ हजार २ सय ५४ संक्रमणमुक्त र कुल संक्रमित ३ हजार ७ सय १२ छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस