सोसिडाडको पोष्टमा बार्सिलोनाको आधा दर्जन गोल
काठमाडौं,एजेन्सी - स्पेनिस ला ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ले पराजित गरेको हो ।
खेलको ३७औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३औं मिनेटमा सर्जिनो डेस्टले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३-०ले अघि बढ्यो । ५६औं मिनेटमा कप्तान लियोनल मेस्सीले गारे गर्दै ४-०को अग्रता दिलाए । । ७१औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए ।
७७औं मिनेटमा एन्डर बारेनेटसेयाले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । तर, ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-१ को शानदार जित दिलाए । मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।
जितससँगै लिगको दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ । पराजित सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस