गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-२९ ०८:४९ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस