झापामा ५ वर्षिया बालिका बलात्कृत
खबर एक्सप्रेस
२०७९-०५-२३ १२:३० मा प्रकाशित
Total Shares: 138
काठमाडौं ,झापा - ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस