संसदीय समिति सभापतिको भागबन्डा, राप्रपा र रास्वपाले पाएनन्
खबर एक्सप्रेस
२०८०-०४-२२ १२:४२ मा प्रकाशित
Total Shares: 133
काठमाडौं-संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।
तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस