एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड-नेपालकाे भेट
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
शनिवार दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो । दुई नेताबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमाले भित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबिच छलफल भएको बताइएको छ ।
एमालेको किचलो मिलाउन केही दिन यता विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ । शुक्रवारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका थिए ।
एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड-नेपालबिच वार्ता भएको हो । यसअघि पनि प्रचण्ड नेपालबिच बेला बेलामा गठबन्धनको रणनीतिका बारेमा भेटवार्ता हुँदै आएको छ । दुई नेताको भेटलाई भने एमालेका अध्यक्ष केपी शर्मा ओलि समूहले शंकाले हेर्ने गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस