काठमाडौँ - आज नेपाली बजारमा छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार गरिरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो ।