विप्लव समुहको तर्फबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने
खबर एक्सप्रेस
२०७७-११-१८ ०१:५४ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - सरकारले वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँगै नेत्रविक्रम चन्द समूहले पनि वार्ता टोली गठन गरेको छ ।
चन्द समुहबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने स्रोतको दाबी छ ।
वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरेको थियो ।
वार्ताको लागि तयार रहेको चन्द समुहले पनि तयारी थालेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस