काठमाडौं -  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।

उनीहरू तीन जनाले सोमबार राति साढे ५ बजेतिर ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारीको गाडी रोकेर हातपातको प्रयास गरेका थिए ।

उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ ।

उनीहरूले प्रदीप अधिकारीको गाडी अगाडि स्कुटर रोकेको प्रहरीले जनाएको छ । पछि हल्ला भएपछि श्रीजन स्कुटर त्यहीँ छाडेर भागेका थिए ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ । उनीहरूले बयानमा आफूहरू तीन जना मात्रै संलग्न रहेको बताएका छन् । सिसिटिभी फुटेजमा भने अरू व्यक्तिहरू पनि देखिएकाले अरूको पनि खोजी भइरहेको छ ।