काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आजै प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका छन् ।
केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गरेको हो ।
पदबाट हटाइएका कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

.gif)


