ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रहरी महानिरीक्षकको बारेमा निर्णय हुने
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 373
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए
३० वर्षे सेवा हदका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि अवकास पाउने भएपछि उक्त पद भोलिदेखि रिक्त हुँदैछ ।
डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय महानिरीक्षकको लाइनमा रहेका छन् । यिनीहरु मध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले प्रहरी महानिरीक्षक पदको लागि निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस