काठमाडौं-वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ।

उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति अझ चापेपछि भ्याली अस्पताल लैजाने क्रममा उनको निधन हो।

७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन्।

नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।