काठमाडौं - मकवानपुर प्रहरीले ६ किलोग्रामभन्दा बढी सुनसहित भारतको कर्नाटक राज्यका अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ ।

प्रहरीले ४२ वर्षीय अब्दुललाई मंगलवार ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा अब्दुललाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले फलामको ब्यारिङलगायतका मोटरपार्ट्समा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको जानकारी दिए ।
गोरखापत्र दैनिकबाट