काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन गर्ने मिति तय भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भोलि(असार २८ गते)बिहान साढे ९ बजे हुनेछ । 

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ ।

उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो ।

संस्थाले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर बिक्री गरेको हो । आवेदनमध्ये ३६ हजार ३४९ जनाले मात्रै सेयर हात पार्ने छन् ।