काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार १ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला रु ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६५ कायम गरिएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १४०  थियो ।