बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८०-०९-०८ १०:५८ मा प्रकाशित
Total Shares: 87
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएकाे अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस