काठमाडौं, एजेन्सी - स्पेनिस क्लब बार्सिलोना विश्वकै सबैभन्दा धेरै धनी क्लब बनेको छ । फोर्ब्स पत्रिकाले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार बार्सिलोना चिरपरिचित प्रतिद्धन्द्धी रियल मड्रिडलाई उछिन्दै धनी क्लब बनेको हो । 

फोर्ब्सका अनुसार बार्सिलोनाको कुल सम्पत्ति ४.७६ विलियन अमेरिकी डलर पुगेको छ । पछिल्लो दुई वर्षमा बार्सिलोनाको सम्पत्ति १८ प्रतिशत बढेको छ । यस्तै, रियलको कुल सम्पत्ति ४.७५ विलियन डलर रहेको छ । 

प्रतिवेदनका अनुसार विश्वका १० धनि क्लबमा ६ वटा इंग्लिस क्लब छन् । सूचीमा दुई स्पेनिस क्लब, जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी पनि पर्न सफल भएको छ । 

पछिल्लो दुई वर्षमा सबैभन्दा धेरै सम्पत्ति पीएसजीको बढेको छ । उसको सम्पत्ति १२९ प्रतिशतले बढेको देखिन्छ । यस्तै, लिभरपुलको ८८ प्रतिशत सम्पत्ति बढेको छ । 

शिर्ष १० धनी क्लबमा इटालियन क्लब युभेन्टस र जर्मन क्लब बुरुसिया डटर्मन्ड भने अटाउन सकेनन् ।