काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-१५ ०६:२३ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
फेसबुक पेज Like गर्नुहोस