काठमाडौं - च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

पाहुना टोली बार्सिलोनाले बराबरी खेलेपनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । मार्टिन्सले ३० औ मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए ।

बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।