काठमाडौं - न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारको लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना संक्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भई काठमाडौंको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद्को सदस्य भएका थिए ।