एमाले सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०७-२४ ०९:५२ मा प्रकाशित
Total Shares: 128
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस