संसद बैठक तेस्रो पटक स्थगित
खबर एक्सप्रेस
२०७६-१२-२१ ०१:५९ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको कारण प्रतिनिधिसभाको बैठक फेरी पनि स्थगित भएको छ । शुक्रबार सूचना जारी गर्दै ३० गतेसम्मको लागि बैठक स्थगित गरिएको हो । यसअघि २३ चैतका लागि प्रतिनिधिसभा बैठक तय गरिएको थियो ।
यसअघि चैत ७ गते, १३ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो। राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।
फेसबुक पेज Like गर्नुहोस