एजेन्सी - भारतले मलेरियाविरुद्ध प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्वीनको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यबाद दिएका छन् ।

यसअघि ट्रम्पले मोदीसँग टेलिफोन संवाद गरी हाइड्रोक्सिक्लोरोक्वीनको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए।प्रतिबन्ध फुकुवा नगरेमा कडा कारवाही गर्ने ट्रम्पको चेतावनी थियो ।

हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसविरुद्धको उपचारमा पनि प्रभावकारी हुने देखिएको अनुसन्धानकर्ताहरुको दाबी छ ।