काठमाडौं,एजेन्सी - चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टले पक्षमा ४४ प्रतिशत मात्रै मत पाएका थिए । 

चिलीमा सरकारबिरुद्ध भएको आन्दोलनका क्रममा बोरिकले चिलीमा स्थिर अर्थव्यवस्था अवलम्बन गर्ने बाचा गरेका थिए । ३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका छन् । 

पूर्व विद्यार्थी नेता बोरिकले असमानता र भ्रष्टाचारको विरुद्धमा सरकारविरोधी जनप्रदर्शनको नेतृत्व गरेका थिए । 

यस्तै, बोरिकले असमानता हटाउने प्रतिबद्धता व्यक्त गर्दै पेन्सनको व्यवस्था, स्वास्थ्य प्रणालीमा सुधार र साताको ४० देखि ४५ घण्टासम्मको कार्यअवधि बनाउने बताएका छन् ।